अनिल खत्री/गुल्मी शुक्रबार, चैत्र २५, २०७८

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सव सुरु भएको । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

उक्त महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेका थिए । उद्घाटनको अबसरमा सदरमुकाम तम्घास स्थित बिभिन्न संघ संस्थाहरुले बिभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिने भएको छ ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइएको छ ।
महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

त्यस्तै गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहेका छन् । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । पहिलो दिन राष्ट्रिय कलाकार रामचन्द्र चन्द, बिक्रम बावु बिश्वकर्मा,लक्ष्मी बस्ने लगायतका कलाकारहरुले प्रस्तुली राखेका थिए । महोत्सवको अबसरमा शनिवार एक् दर्जन राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]