Sidha Patra शुक्रबार, चैत्र २५, २०७८

प्युठान। टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि प्यूठान पनि शुभारम्भ भएको छ । बैशाख १८ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने अभियान प्यूठानमा भने चैत्र ३० गतेसम्म सञ्चालन हुँदेछ । खोप अभियान महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट शुभारम्भ गरिएको हो।

त्यस्तै अभियान सफलताको कामना गर्दै जिल्ला समन्वय समिति प्रमुख केशवप्रसाद आचार्यले स्वास्थ्यकर्मी, शिक्षक, स्वयमसेविका लगायत सम्पूर्ण सरोकारवाला निकायलाई अभियान अभियान सफलताका लागि सक्रियतापूर्वक क्रियाशिल हुन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अभियान सफलताको कामना गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई पनि खोप लगाउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुसुदन खडकाले ४४२ खोप केन्द्रमार्फत आजदेखि देखि ३० गतेसम्म करिव ८४ हजार बालबालिकालाई खोप लगाइने लक्ष रहेको जानकारी दिनुभयो ।

यस्तै महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिका ११ वर्षिय नरेश शर्मा र १४ वर्षिया सपना घर्तीमगरलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]