अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ९ लाहपेमा मंगलबार मङगोलेन नेशनल अर्गनाइजेसनको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि मङगोलेन नेशनल अर्गनाईजेसन केन्द्रीय मुल सचिव थमन बहादुर बुढा मगर,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सदस्य अमिसरा बुढा मगर,अथितिहरु दाङ जिल्ला कुमार घर्ती मगर,युके तथा सल्लाहकार दाङ जिल्लाका खडग बहादुर बुढा मगर,दाङ जिल्ला सल्लाहकार ओम प्रकाश बुढा मगर त्यस्तै अर्घाखाँची जिल्लाका प्रेम बहादुर बुढा मगर रहेका थिए ।
प्रमुख अतिथि मगरले विभिन्न काल खण्डमा हामीलाई हाम्रो जात,भाषा,सस्कार जगेर्ना गर्न दिएन हामी यो देशको अहिन्दुबासी,भुमी पुत्र र यो देशको मालिक हौ तर हामी मुलबासीहरुलाई अधिकारबाट बन्चीत बनाएको छ । मगरको इतिहास खोतल्दै मङगोलहरु एक करोड दश लाख वर्ष पहिलादेखि यो देशमा बसोबास गर्दै आएको बताउदै आर्य जातले १२ सय वर्षदेखि हाम्रो जरा काटीदिएको हो भनी प्रस्त पार्नु भएको थियो ।
यसैगरी अर्का अतिथि युके तथा दाङ जिल्ला सल्लाहाकार खदग बहादुर बुढा मगरले हामी सबै राजनेताहरुको झोले बनेयौ खै के पायौ उहीँ दास मात्र भयौं अब सोच्नु पर्ने बेला भयो मङगोलेन नेशनल अर्गनाईजेशनको पातो हाम्रो अन्तिम बाटो हुनेछ भनेर पनि बताउनु भयो ।
त्यस्तै प्राशिक्षण कार्यक्रमको मुख्य उदेश्य भनेको मङ्गोलेनहरुको सचेत गराउनु हो । उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता खेतुलाल घर्ती मगरको अध्यक्षमा सुरु भएको प्रशिक्षण कार्यक्रमको सन्चालन मन बहादुर पुन मगरले गर्नु भएको थियो ।