ओमप्रकाश गुप्ता मंगलबार, चैत्र २२, २०७८

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको आज एक कार्यक्रमका बीच समापन गरिएको छ ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा महोत्सव सम्पन्न भएको हो ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा सुरू भएको महोत्सव समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले महोत्सव उपलब्धि मुलक भएको बताएका थिए । माैसम प्रतिकुलका कारण कृषिका सामाग्री आउन नसके पनि यस महोत्सवले राप्तीको चिनारीका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी,नेकपा एमाले राप्ती गाउँपालिकाका सचिवालय सदस्य शोभाखर भुसाल, नेपाली कांग्रेस राप्ती गाउँपालिकाका संगठन विभाग प्रमुख सुरेन्द्र भुसाल,नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका सचिव तुला गिरी, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी,राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, रामजहदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद महेश रिजाल, आदर्श नमुना मावि लालमटियाका प्रअ किरण पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सव समापन कार्यक्रममा उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कृत समेत गरिएको थियोे । जस अनुसार जागृति महिला समूह बड्का सिसहनियाँ प्रथम,समाज सुधार युवा क्लव, मगर संघ राप्ती दोस्रो, गुरूङ राष्ट्रिय परिषद राप्ती तेस्रो र आर्दश नमुना मावि लालमटियाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

विजेताहरूलाई प्रमुख अतिथि सुवेदीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । त्यसै गरि महोत्सव अवधीभर रिपोर्टिङमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै महोत्सवका प्रेस संयोजक ओमप्रकाश गुप्ता, रेडियो राप्तीका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, देउखुरी टुडे डटकम, रेडियो राप्ती तथा राप्ती टेलिभिजन, राप्ती प्रेस मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्याैपाने, राप्ती अनलाइन टिभीका सञ्चालक भिसुन शाही, सञ्चारकर्मीहरू पशुपति जिसी, भुवन पाैडेल, मुत्तीराम पाैडेल, अरूण पाैडेल, जगत खनाल लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई सम्मान पत्रले सम्मानित भएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए । महोत्सवमा स्थानीय हस्तकलाका सामाग्री प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, बालबाललिका लागि रमाईलो खेल, झुला, चर्खे पिङ, बाल उद्यान लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका थिए । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियोे ।महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको थियो ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको थियो ।

यसैगरी महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङग,जन आन्दोलनका घाइते, दृष्टिविहिन र जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा निशुल्क गरिएको थियो । त्यस्तै महोत्सवमा कृषि पर्यटन स्टललाई पनि निशुल्क गरिएकोे थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]