
Tgp
Rks
Bsn
Ssb
Ppu
Ssb
Nsb
Usb
jsb
Ksb
Ksb
Ksb
Fmb
Csb
Rsb
Gsb

Gsb
Usb
Tsb
Hl1
Ssb

ptl
Nps
Rgu
दाङ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पर्यटनसँगै लोक कला संस्कृतिलाई जोडेर लैजानु पर्ने बताउनुभएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज घोराहीमा शुरु भएको लुम्बिनी प्रदेश स्तरीय मौलिक थारु लोकबाजा मादल प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले थारु जातिको लोक कला संस्कृति बचाई राख्न सांस्कृतिक पर्यटनमार्फत जोड दिनु आवश्यक रहेको बताउनुभएको हो ।
पालिकाले थारु भाषा संरक्षण र प्रवर्द्धनका लागि शिक्षासँग जोडेको बताउँदै उहाँले कला संस्कृतिलाई पनि सांस्कृतिक पर्यटनसँग जोडेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । थारु जातिको मौलिकता संस्कृति लोप हुने अवस्थामा पुग्न लागेकाले अब नयाँ पुस्तालाई यसको महत्त्वका बारेमा जागरुक बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो । आधुनिकताका नाममा थारु समुदायमा आफ्नो संस्कृति भुल्ने र पश्चिमा संस्कृति अंगाल्ने परिपाटीको विकास हुँदा सिंगो समुदायको संस्कृति संरक्षणमा सरोकारवाला सबै जुर्मुराउनु पर्ने बताउनुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अशोक राईको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लोक संस्कृतिविद डा. गोविन्द आचार्य, राष्ट्रिय नाचघरका प्रशिक्षक खड्क बुढा, थारु पत्रकार कृष्णराज सर्वहारीलगायतले बोल्नुभएको थियो । थारु कल्याणकारिणी क्षेत्र नम्बर २ को व्यवस्थापनमा आजदेखि शुरुभएको प्रशिक्षण आगामी बैशाख १ गतेसम्म संचालन हुनेछ । तालिममा थारु समुदाय तथा अन्य समुदायका युवाहरुको सहभागीता रहेको छ ।
