दाङ । बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।
प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीकाे अध्यक्षता तथा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विककाे प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा प्रेस चाैतारीले एक वडा दुई पत्रकार अभियानलाई सफल बनाउन र मर्यादित पत्रकारिताकाे विकासका लागि आधारभूत पत्रकारिता तालिम दिन लागिएको बताईएकाे छ ।
त्यस्तै प्रेस चाैतारी दाङकाे आयाेजना तथा बंबई गाउँपालिकाकाे आर्थिक सहयाेगमा आयाेजित तालिममा पालिकाभरका हरेक वडाबाट करिव ३ दर्जन प्रशिक्षार्थी सहभागी भएका छन् । तालिम दुई दिनसम्म चल्नेछ ।
कार्यक्रममा नेकपा एमाले बबई गाउँपालिका अध्यक्ष जीतबहादुर वली, गाउँपालिकाका प्रवक्ता टंकराज विश्वकर्मा,वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर डाँगी,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्य,प्रेस चाैतारी लुम्बिनी प्रदेश सदस्य बालकृष्ण पाण्डे,सल्लाहकार रंजिता शर्मालगायतले बाेल्नुभएकाे थियाे ।
उपाध्यक्ष प्रेम राम्जाकाे स्वागत मन्तव्यबाट शुरुभएकाे कार्यक्रमकाे सहजीकरण प्रेस चाैतारी दाङका सहसचिव एकराज भण्डारीले गर्नुभएको थियाे ।