
Dbs
Rgp
Dus
Asb
Rgp
Jns
Rgp
Ggp
Lnp
Sgp
Ggp
Lks
Usb
ksb
Rgp
lnp


दाङ । गएको बर्षायाममा पाकेको धान काटेर खेतमा सुकाएको सबै पानीले भिजेर उम्रीयो । बर्षभरी गरेको खेतिमा प्रकृति नै लागेपछि कस्को के लाग्दो रहेछ र–गढवा ६ का किसान युवराज आचार्यले भन्नुभयो । उम्रीएको धान र कुहेको पराल न त मान्छेलाई न पशुलाई भयो ।
सरकारले राहात दिन्छ भनेर स्थानीय सरकारमा निवेदन हालेको पनि ७ महिना भयो,राहात पाइन्छकि भनेर गाउँपालिकामा धाइरहे तर हालसम्म राहात रकम आएन–उहाँले भन्नुभयो । बर्षभरी भात खाने धान सबै भिजेर उम्रीयो । सरकारले राहात दिन्छ भनेर निवेदन दिए । बैंक खाता पनि खोलें । जिल्लामा राहात रकम आयो भन्ने सुनेको पनि २ महिना बित्यो । धेरै पटक गाउँपालिकामा बुझे तर हालसम्म पाइएको छैन ।
अब फेरी धानको बिउ राख्ने बेला आयो । राहात रकम पाइयो भने बिउ किन्ने खर्च त पुग्छ कि–गढवा ६ निवासी किसान कलावती यादवले भन्नुभयो । आचार्य र यादव जस्तै जिल्लाका धेरै किसानहरुको बर्षातका कारण धनावाली नष्ट भएपछि राहात पाइने आश्वासनले स्थानीय सरकारमा निवेदन दिए । राहात रकम पनि आयो तर हालसम्म वितरण भएन भन्दै किसानहरुले अहिले ब्यापक रुपमा गुनासो गर्न थालेका छन् ।
दाङ जिल्लाबाट मात्रै किसानको निवेदन बमोजिम ३७ करोड बढी राहात रकम माग भयो । गढवा गाउँपालिकाको कृषि बिकास शाखाले ३ करोड ७६ लाख रकम माग गरी सम्बन्धित निकायमा अभिलेखिकरण पठायो । तर जिल्लाभरका किसानहरुलाई जम्मा १० करोड राहात रकम आयो । त्यसमा पनि सरकारले मापदण्ड तोक्यो । दश कठ्ठा सम्म जग्गा भएका साना किसान,दश कठ्ठा देखि ३ बिगाह सम्मका मध्यम किसान र ३ बिगाह माथीकालाई ठूला किसानको रुपमा मापदण्ड बनाएर क्रमश प्वाईण्ट ६,प्वाइण्ट ३ र प्वाइण्ट २ को दरले क्षति विवरण बमोजिम राहात दिने भयो ।
राहात पाउनका लागि लालपुर्जा,नागरिकता र निवेदन सहित किसानहरुले बैंक खाता पनि खोलेर स्थानीय सरकारमा खाता नम्बर बुझाएका छन् । तर राहात रकम भने अति न्यून आएको गढवा गाउँपालिका कृषि शाखाले जनाएको छ ।
पुर्व मापदण्ड बमोजिम तिन करोड ७६ लाखको माग गरिएकोमा गढवामा जम्मा १ हजार ६ सय ५३ जना किसानका लागि ८० लाख २८ हजार ९ सय ९२ रुपियाँ मात्र आउने भएको कृषि शाखाले जनाएको छ । जिल्ला बिपद् ब्यवस्थापन समितिको यसअघि सम्पन्न बैठकले राहात रकम केन्द्रबाटै कम आएपछि २७.५ प्रतिशतले हुन आउने शुत्रलाई आधार मानी राहात रकम वितरण गरिने भएको बताइएको छ ।
यसैबिच सोमवार स्थानीय खाद्य अधिकार सञ्जाल, फियान नेपाल,रेडक्रस,खानेपानी संस्था,उद्योग बाणिज्य संघ,नागरिक समाज,बड्कापथ सिंचाई योजना,महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल लगायतका संघसंस्थाहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र मार्फत राहात रकम छिटो वितरणमा ध्यान दिन भनी गढवा गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
ध्यानकर्षण पत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जिल्ला बिपद् ब्यवस्थापन समितिको निर्णयानुसार आएको रकम वितरण गर्ने कार्यका लागि किसानहरुको डाटा इण्ट्रीको काम भै रहेको र केहि दिनमै राहात रकम वितरण गरिने बताउनु भएको छ । किसानहरुको निवेदन बमोजिम गाउँपालिकाबाट ३ करोड ७६ लाख राहात रकम माग गरिएको भएपनि राहात रकम जिल्लामै कम आएकोले प्रतिशतका आधारमा जे जति आउँछ हिसाब गरेर बुझाउने कृषि शाखाले तयारी गरिरहेको अध्यक्ष यादवले बताउनुभयो ।

