Sidha Patra सोमबार, चैत्र २१, २०७८

काठमाडौं । चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा गत १८ , २० र २१ गतेसम्म सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई परीक्षाको पहिलो दिन १८ गते शुक्रबार नै प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका-१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका-५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

यस्तै चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रहरूबाट उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकता सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूमध्ये अमर र अनिकेतलाई सिसिआरसि कलेज कुमारीपाटी ललितपुरबाट, राम आशिषलाई ग्रामर स्कुल कोटेश्वरबाट र ईस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वरबाट पक्राउ गरेको हो ।

साथै सन्नी कुमार साहले ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाई आफू बाहिर बसिरहेको अवस्थामा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरि आइत५ जनालाई नै सार्वजनिक गरेकाे हाे। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महाशाखाले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]