दाङ । स्वर्गद्वारी आश्रम क्षेत्रमा वातावरणमैत्री ग्रिन पार्क चाैतारी निर्माण गरि उदघाटन गरिएको छ । घाेराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८-०७९ मा विनियोजित ५ लाख बाट ग्रिन पार्क निर्माण गरि आज उदघाटन गरिएको हाे । वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीकाे अध्यक्षता तथा नगर प्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा साे ग्रिन पार्ककाे उदघाटन गरिएको हाे ।
सानाे लगानीमा निर्माण गरिएको ग्रिनपार्कले यहाँको वातावरण सुन्दरताकायम गर्न र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने केन्द्र बन्ने विश्वास नगर प्रमुख चाैधरीले व्यक्त गर्नुभयो । पालिकाका तर्फबाट बनाईएकाे साझा सम्पत्तिलाई अब स्थानीय टाेलबासीले संरक्षण गर्न र यसकाे दिगाे व्यवस्थापन गर्दै लैजान अपिल गर्नुभयो ।
त्यस्तै यसका लागि थप सहयाेग गरि पूर्वाधार विकासमा पालिका सकारात्मक रहेकाे अवगत गराउनुभयाे । साे अवसरमा ग्रिन पार्क निर्माण उपभोक्ता समिति अध्यक्ष लाेकेन्द्र राेकाले पार्क निर्माण प्रकृयाका बारेमा जानकारी गराउनुभयाे ।
उदघाटन कार्यक्रममा वडा सदस्य गुलाम रसुल, पालिकाका कर्मचारी प्रेम केसी,स्थानीय टाेल विकास संस्थाका प्रतिनिधिलगायत सहभागी हुनुभएको थियाे । कार्यक्रमकाे सहजीकरण स्वर्गद्वारी आश्रम टाेल विकास संस्थाका सचिव विष्णु बुढाले गर्नुभएको थियाे ।