
jms
Gsbus
Ssbus
Sys
Ppu
gms
smb

bml
Usb
Gg1
Asm
kbs
cks
Dps
bmj
Tsb
Ln3
Ln2
Ln7
Sbs
Ln9
Gsb
Hl1
Rys
Ssb
Ln1
Gg5

Rss
Sbs
ptl
Sml
Gg3
Gg6
Bpb
Jpb
Snk
Jab
Sab
Gg2
Gjl
Gg4
Ksb
Nps
Rgu
दाङ । ग्रामीण महिला उत्थान केन्द्र दाङद्वारा प्रवर्द्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाको केन्द्र प्रमुखहरु सँगको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम नारायणपुरमा सम्पन्न भएको छ ।
नारायणपुर शाखाका शाखा प्रवन्धक बसन्ती श्रेष्ठको अध्यक्षता एवं ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी चौधरीले १७ सय लगानीबाट शुरूवात गरेको कार्यक्रम अहिले घ वर्गको बैंकको रुपमा परिणत भई करोडौंको कारोबार गर्न सफल भएको बताउनुुभयो । लघुवित्तका माध्यमबाट अहिले अधिकांश महिला दिदीबहिनीहरुलाई आर्थिक, सामाजिक राजनीतिक सशक्तिकरण गर्दै अगाडि बढाउन सफल भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लघुबित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबिर चौधरीले आर्थिक सशक्तिकरणका लागि लघुबित्तहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै महिला उद्यमी संख्यामा वृद्धिसँगै समुदायलाई नै स्वरोजगार तर्फ उन्मुख गराउदै लगेको बताउनुुभयो ।
कार्यक्रममा विभिन्न विधामा महिला समुह, उत्कृष्ट उद्यमी लगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रममा चार उत्कृष्ट केन्द्र, चार सफल उद्यमीहरु र एक अनुशासित केन्द्रलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सयौँको संख्यामा सहभागी भएको भव्य कार्यक्रमको सहजीकरण सुशीला गिरीले गर्नुभएका थियो ।
