
Ggp
Djs
sbs
Sgr
Unsku
pku
Rgp
Srbpu
Lnp
Rgp1
cjs
Gfs
Pbu
Pes

Ksm
Sls
Sbs
Asm
Ggd
Rsb
Hal
Tsm
Rgs
Rgu
Wsp
Pvg
Bbu
nsb
Vor
Gst
Rgu
Bbbpu
Ssm

Abd
Mks
Rmb
sab
Jmb
Gsb
Ptm
Jmb
Syp
Bml
Pls
bbt
Rpp
दाङ । स्वच्छ ब्यवसायि समूह नेपाल र मञ्जरी महिला साना किसान कृषि सहकारी संस्था को आयोजनामा किसानहरुलाई खाद्य प्रशोधन तथा प्याकीङ सम्बन्धि १० दिने तालीम गढवाको बाँकीमा आइतवार देखि सुरु भएको छ । सहकारी संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष प्रकाश भण्डारीले संयुक्त रुपमा गर्नुभएको हो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि यो तालिम महत्वपुर्ण रहने बताउनुभयो । किसानहरुको उत्पादनलाई बजारीकरण गर्न र किसानको आयस्तरमा बृद्धि गर्दै स्वरोजगार बनाउन यस्ता तालिमको महत्व रहने उहाँले बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी वडानं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले मञ्जरी महिला साना किसान र सिपि नेपाल मार्फत वडा कार्यालयको समन्वय सहकार्यमा थुप्रै किसानमुखि कार्यक्रमहरु सम्पन्न गरिएको बताउनुभयो ।
त्यस्तै दश दिनसम्म संचालन हुने तालिममा कुबिण्डोबाट मिठाई बनाउने,सिन्की बनाउने र प्याकेजीङ गर्ने,गेडागुडी,बदाम र अचार बनाउने तथा प्याकेजिङ गर्ने लगायतका कामहरु सिकाइने प्रशिक्षक श्यामलाल खनालले जानकारी दिनुभयो । स्वच्छ ब्यवसायी समूह नेपालले यसअघि पनि गढवाको कुमाल टोलमा बिपन्न सिमान्तकृत वर्गका नागरिकहरुलाई माटोका भाँडाहरु बनाउने तिन महिने तालिम सुरुवात गरेको र उक्त समुदायमा भाँडा पकाउने भट्टी समेत निर्माण गर्ने योजना रहेको परियोजनाका संयोजक बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
यस्तै उक्त परियोजनाले गढवाका वडानं.५ र ६ तथा राप्ती गाउँपालिकाका वडानं. ४ र ५ मा बिपन्न र सिमान्तकृत समुदायमा सिप तथा रोजगारका लागि बिभिन्न आयमुलक कार्यक्रमहरु संचालन गरेको उहाँले बताउनुभयो । कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता राजेन्द्र चौधरीले गर्नुभएको हो ।

