
Ssb
Rks
Ksb
Fmb
Bsn
Tgp
Rsb
Usb
Csb
Ksb
Ksb
Gsb
jsb
Ssb
Ppu
Nsb

Gsb
Hl1
Tsb
Ssb
Usb

ptl
Rgu
Nps
दाङ । राप्ती गाउँपालिकामा भूमिहिन दलित,भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा दिने कार्यलाई अघि बढाउन निस्सा एक हप्ता भित्र उपलब्ध गराउन निर्देशन गरिएको छ । राप्ती गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासी स्थानिय सेवा केन्द्रको कार्यालयको उद्घाटनको क्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले यस्तो निर्देशन गर्नु भएको हो ।
राप्ती गाउँपालिका कार्यपालिका सदस्यहरुसंगको बैठक पश्चात अध्यक्ष निरौलाले नागरिकले बस्दै आएको जग्गाको प्रमाण र अपनत्व पाउनका लागि तत्काल निस्सा दिई लालपुर्जा दिने काम अघि बढाउन गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई सल्लाह सुझाव दिनुभएको भूमिहिन दलित,भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासी स्थानिय सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरुङले जानकारी दिनु भएको छ ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिले आयोगको अनुरोध अनुसार काम सुरु भैरहेको र राप्ती बासी भूमिहिन दलित, भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा छिटो भन्दा छिटो दिलाउन लागीरहेको बताउनु भएको छ ।
राप्ती गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग र राप्ती गाउँपालिका बिच भएको समझदारी पत्र बमोजिम राप्ती गाउँपालिकाले लगत संकलन कार्य सम्पन्न गरिसकेको छ ।
