Sidha Patra शनिबार, चैत्र १९, २०७८

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिर परिसरमा आज सरसफाई गरिएको छ ।

शिव पार्वती तथा राधा–कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही बैशाख १ गतेदेखि ८ गते सम्म संचालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप शनिबार विहान मन्दिर परिसर सरसफाई गरिएको हो ।

आयोजक समितिका पदाधीकारी, ५० वढि टोलविकास समितिका सदस्यहरु, नेपाल आर्मी , स्थानियबासी लगायतको सहभागितामा मन्दिर परिसर सरसफाई गरिएको हो । संस्कार गृह निमार्णसंगै यस क्षेत्रको संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आयोजम मुल समितीका अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभयो ।

श्रीमद्भभागवत धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ संचालनको निम्ती सचिवालय संयोजक हरिप्रसाद पाण्डेको संयोजकत्वमा २८ वटा विभिन्न उप समिति गठन गरिएको छ । यस क्षेत्रमा तीव्रगतिमा भईरहेको शहरीकरणका कारण नागरिकले गर्नुपर्ने विभिन्न संस्कारहरु निजि आवासमा सम्पन्न गर्न कठिनाई भईरहेको स्थितिलाई मध्यनजरगर्दै एउटा संस्कार –गृह निमार्ण र संचालनको निम्ती पहल थालेको हो ।

सो महायज्ञमा सुप्रसिद्ध भागवतचार्य गुरुदेव पण्डित श्री कोमल उपाध्यायबाट संगीतमय कथावाचन हुने मुल आयोजक समितिका सचिव एवं प्रचारप्रचार संयोजक कमल ओलीले जानकारी दिनुभयो । महोत्सबको प्रचार प्रसारको लागि निमन्त्रणा कार्ड साथै ब्रोसर, पम्प्लेट, होर्डिङ्ग बोर्ड, स्टीकरहरु तयार भइ पर्याप्त प्रचारको काम पनि थालीएको उहाँले बताउनुभयो । साथै भोली आईतबार विहान ७ बजे सोहीस्थानमा पत्रकार सम्मेलनको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सबमा सहयोग गर्ने सहयोगीहरुलाइ उहाँहरुको सहयोग राशी अनुसार सम्मान गरीने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]