
Pbu
Lks
Dus
Sgp
Ggp
Rgp
Jns
Lnp
Usb
lnp
ksb
Rgp
Dbs
Rgp
Ggp
Asb
Rgp


दाङ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा घोराही क्षेत्रमा भएको बाल कविता प्रतियोगितामा गोरखा माविका आयुष देवकोटा प्रथम,जनज्योति विद्या मन्दिरकी आरती भुसाल द्वितीय,दीपशिखा माविकी ओना बुढाथोकी तृतीय तथा गुरुकुल एकेडेमीका सुलभ खनाल सान्त्वना भएका छन् ।
निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख मित्रप्रसाद गौतम, उराठी को प्रमुख आतिथ्यतामा भएको हो । घोराहीस्थित गुरुकुल एकेडेमीको समन्वयमा गरेको साहित्यिक प्रतियोगितामा घोराही क्षेत्रका ६ वटा विद्यालयबाट २४ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
हामी विद्यार्थी र मेरो नेपाल शीर्षकमा प्रतियोगिहरुले कविता रचनासँगै वाचन गरेर सुनाएका थिए । प्रतियोगिताको निर्णायकमा डा.हिमलाल पन्थी,खगराज न्यौपाने,शरद पोख्रेल रहनुभएको थियो । सो अवसरमा गत वर्ष आयोजित बाल कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, शिक्षकहरु महेश सुवेदी, मुकुन्द गिरीलगायतले बोल्नुुभएको थियो ।
कार्यक्रमका वक्ताहरुले बालबालिकाहरुमा साहित्य सिर्जनामा आकर्षित गर्न यस प्रकारका कार्यक्रमले प्रेरणा दिने हुँदा राप्ती साहित्य परिषदको यो अभियान निकै प्रशंसनीय कार्य भएको बताउनुुभयो । कार्यक्रम संयोजक यम रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण परिषदकी शाखा उपाध्यक्ष शारदा शर्माले गर्नुभएको थियो । यसअघि तुलसीपुर र घोराही क्षेत्रमा पनि प्रतियोगिता गरिएको थियो ।
