
lnp
Dus
Lks
Rgp
Rgp
Rgp
Rgp
Lnp
Sgp
Ggp
Ggp
ksb
Usb
Asb
Jns

lms

दाङ। नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार भव्य स्वागत गरिएकाे छ ।
नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँ गाउँमा आईपुग्नु भएका ज्ञवालीलाई सिसहनियाँबासीले भव्य स्वागत गरेका हुन् ।सुर्खेतमा प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गर्नु भएको हो ।आइजिपी ज्ञवालीकाे स्थायी घर दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकोे छ । आइजिपी ज्ञवालीलाई सिसहनियाँ प्रहरी चाैकीमा एक अनाैपचारिक कार्यक्रमकाे आयाेजना गरेर राप्ती गाउँपालिका स्तरिय चेम्बर अफ कमर्स, सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रहरी चाैकी सिसहनियाँका समाजसेवी तथा बुद्धिजीवी, व्यापारी र पत्रकारहरूले भव्य स्वागत गरेका हुन् ।
यसैबीच आईजिपी ज्ञवालीले प्रहरी चाैकी सिसहनियाँको अवलोकन समेत गर्नु भएको छ ।
