
Pes
Pbu
Gfs
sbs
Rgp
Rgp1
Djs
Sgr
cjs
pku
Srbpu
Lnp
Unsku
Ggp

Rgu
Wsp
Asm
Ssm
Bbu
Sls
Rsb
Tsm
Vor
nsb
Gst
Rgs
Ggd
Rgu
Bbbpu
Ksm
Hal
Pvg
Sbs

bbt
Gsb
Mks
Rmb
Rpp
Pls
Syp
Abd
Jmb
Ptm
Jmb
sab
Bml
दाङ । नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको छ ।
दाङका विभिन्न वडा तथा क्षेत्रहरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर २ पनि अग्रसर देखिएको छ । नेपाली काँग्रेस २ नम्बर वडाले सनिबार केरुनियामा आयोजना गरेको जिताऔँ अभियानको क्रममा अझ शसक्त रुपले अगाडि बड्ने निर्णय समेत गरेको छ ।
सो अबसरमा नेपाली काँग्रेसका विभिन्न भातृ सँगठन हरुलाई सँगठित गर्दै वडा अन्तरगत सम्पुर्ण मतको सर्बेक्षण समेत गरिने भएको छ ।
कार्यक्रममा महाधिबेसन प्रतिनिधि तथा जिल्ला प्रतिनिधि मोहन गिरीले जिताऔँ अभियान सँगै काँग्रेसलाई मजबुत बनाउन टोल समिती र बिभिन्न भातृ सँगठनहरुलाई समेत सक्रिय बनाउन सबै लाग्नुपर्ने बताए । सिँगो पार्टीलाई जित दिलाउन सँगठनको महत्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण सँगठित हुनुपर्ने समय आएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले देशको बिकाशको अबधारणा सहित एमसिसि गलत नरहेको बिश्वास दिलाउँदै अन्य पार्टीको गलत प्रचारमा नफस्न सबैलाई सुझाए । गिरीले एमसिसीको बारेमा प्रस्ट पारेका थिए ।
वडा सभापती कालिचरण चौधरीको सभापतित्व तथा जिल्ला प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा क्षेत्रिय प्रतिनिधि तथा वडाध्यक्ष नेपालु चौधरी, वडा सदस्य काँसीप्रसाद चौधरी, महिला सदस्य सुनिता चौधरी, दलित महिला सदस्य सुमित्र बिक, क्षेत्रिय प्रतिनिधि शरद बन्धु डिसी, कर्मचारी युनियन लमही नगर ईकाई अध्यक्ष रामभजन चौधरी, टोल समितीका सभापती, सचिब सदस्य लगायत पदाधिकारी हरुको बाक्लो उपस्थिती रहेको थियो ।
