
Tgp
Ssb
Nsb
Rks
Ppu
Usb
Ksb
Ksb
Rsb
Ksb
jsb
Csb
Bsn
Ssb
Gsb

Gsb
Usb
Ssb
Hl1
Tsb

Nps
Rgu
ptl
दाङ । दाङ महिला जेसीजले सकारात्मक सोँच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरु असल बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा कसरी लागू गर्न प्रेरित गर्ने लक्ष्यमा साथ आज उत्प्रेरणात्मक कार्यक्रम गरिएको दाङ महिला जेसीजले जनाएको छ ।
जेसीज अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा मार्क ईन्टरनेशनल कलेजका प्रमुख शंकर डाँगीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा मानव कल्याण समाजका केन्द्रीय अध्यक्ष सुमी मानव रहनुभएको थियो ।
उहाँले मानव जाति, मानव धर्म, सकारात्मक चिन्तन, असल जीवनशैली र व्यवहारका बारेमा रचनात्मक ढंगले विद्यार्थीहरुलाई प्रशिक्षण गर्नुभयो । बिबिएस दोश्रो वर्षमा अध्ययनरत करिव एक सय भन्दा बढी विद्यार्थीहरुले दैनिक जीवनका लागि आवश्यक पर्ने उर्जाशील सकारात्मक सोँचसम्बन्धि ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यकङगरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि डाँगीले विद्यार्थीहरुमा सकारात्मक उर्जा अति आवश्यक भएकाले यस प्रकारका कार्यक्रम हरेक विद्यार्थीमाझ लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुका तर्फबाट विनिता पन्त, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष विणा बिसी, निवर्तमान अध्यक्ष ममता बिष्टलगायतले भनाई राख्नुभएको थियो भने कार्यक्रममा दिपिका मानवलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रम संयोजक जेसी मेनका भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थावाठ उपाध्यक्ष जेसी लक्ष्मी घमालले गर्नुभएको थियो ।
संस्थाको मिसन भिजनका बारेमा २०२२ का प्रकरण निर्देशक जेसी नोमिका चौधरीले गराउनुभएको कार्यक्रममा धन्यवाद ज्ञापन जेसी बसन्ती सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।
