
Lks
Jns
Dus
Lnp
ksb
Rgp
Ggp
Rgp
Usb
Rgp
Asb
Dbs
Ggp
Sgp
lnp
Rgp
Pbu


दाङ । दाङमा प्रहरीले चोरी लुटपाटको आरोपमा एक जना व्यक्तिलाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षिय गणेश कुमार डाँगी रहेका छन् ।
प्रक्राउ परेका डाँगीले घोराही १३ निवासी ४८ वर्षिय झुका रोका घोराहीबाट पैशा लिएर घरतर्फ जादै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैँया लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजलाले जानकारी दिनुभएको छ ।
उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट प्रक्राउ गरी उनको साथबाट लुटपाट गरेको रकम उनले प्रयोग गरेको मोटरसाईकल र मोवाईल फोन १ थान सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।
