
ebg
Ssbus
Ssbus
Lsbus
Gms
Gis
Ksbus
Bsbus
Gsbus
Gsbus
Ksbus
Rsbus
Gis
Gsbus
Gis
Pbu
Ksbus
Ksbus
Ses
Lsbus

Sbs
Pvg
Wsp
Rgu
Rgs
Vor
Hal
Tsm
Ksm
Rsb
nsb
Ggd
Rgu
Bbu
Ssm
Sls
Gst
Asm
Bbbpu

Rpp
sab
Jmb
Abd
Bml
bbt
Ptm
Rmb
Syp
Mks
Jmb
Gsb
Pls
दाङ । घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने भएको छ । दक्षिण एसिया हाप्किडो महासंघको आयोजनामा यहीँ फाल्गुन को २८, २९ र ३० गते घोराहीमा सेमिनार हुन थालेको हो ।
इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारमा हाप्किडो खेलको सैद्धान्तिक र प्राबिधिक ज्ञानको बारेमा प्रशिक्षण दिइने दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् । अध्यक्ष घर्तिमगरका अनुसार सेमिनारमा नेपाल र भारतका हाप्किडो खेलका सिनियर प्रशिक्षकहरुको सहभागिता रहने भएको छ । ‘हाप्किडो खेलको सैद्धान्तिक पक्षसँगै प्राविधिक नियमहरुका बारेमा जानकारी गराउने उद्देश्यले इन्डो–नेपाल अन्तर्राष्ट्रिय सेमिनार घोराहीमा आयोजना गरेका छौ’,अध्यक्ष घर्तीमगरले भने,‘नेपाल र भारतका खेलाडीहरुलाई सहभागी गराएर हुन थालेको सेमिनारले खेल क्षेत्रको विकाससँगै खेलको सैद्धान्तिक तथा प्राविधिक पक्षका बारेमा खेलाडी तथा प्रशिक्षकलाई जानकारी गराउने छ ।’
सेमिनार गर्ने दिन नजिकिदै गर्दा तयारीलाई समेत तीव्रता दिइएको आयोजक दक्षिण एसिया हाफ्किडो महासंघले जनाएको छ । घोराहीको माला इन होटेलमा तीन दिनसम्म चल्ने सेमिनारमा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष समेत रहेका दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगर, दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढामगर भुवन बुढामगर र प्रविण गुरुङलगायतले हाप्किडो खेलका बारेमा प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ । सेमिनारमा भारतको विभिन्न प्रदेशका प्रतिनिधिमुलक ५० को संख्यामा र नेपालका २०० बढी सिनियर प्रशिक्षकको सहभागिता रहन थालेको आयोजक दक्षिण एसिया हाप्किडो महासंघले जनाएको छ ।
