Sidha Patra बुधबार, फाल्गुण २५, २०७८

दाङ । दाङकाे देउखुरीमा कार र बुलेट माेटरसाईकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक जिसीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार राती पौने ९ बजेकाे समयमा लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङ देखि लमही तर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा एक आपसमा ठाेक्किदा माेटरसाइकल चालक जिसी गम्भीर घाइते भएका थिए उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

त्यस्तै मृतकको शव अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेकाे र फरार चालकको खाेजी कार्य तिब्र पारिएकाे प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]