
Sebsg
Gst
Gsg
Pbu
gst
Gipsg
Unsku
Gipsg
Gmssl

Tsm
Sls
Wsp
Rgs
Rgu
Bbbpu
Pvg
Ssm
Rsb
Gst
nsb
Ggd
Asm
Vor
Hal
Rgu
Sbs
Bbu
Ksm

Rmb
Rpp
Syp
Ptm
Jmb
Mks
Bml
sab
Jmb
Abd
bbt
Pls
Gsb
दाङ । दाङकाे देउखुरीमा कार र बुलेट माेटरसाईकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक जिसीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार राती पौने ९ बजेकाे समयमा लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङ देखि लमही तर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा एक आपसमा ठाेक्किदा माेटरसाइकल चालक जिसी गम्भीर घाइते भएका थिए उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
त्यस्तै मृतकको शव अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेकाे र फरार चालकको खाेजी कार्य तिब्र पारिएकाे प्रहरीले जनाएको छ ।
