दाङ । गढवा गाउँपालिकाले बिपन्न र सिमान्तकृत बर्गका बिभिन्न समुदायका ३० जना महिलाहरुलाई हातेब्याग बनाउने तालिम सिकाएको छ । बजारमा महंगो मुल्यमा किन्नुपर्ने हातेब्याग आफैले बनाउन सक्ने सिप सिकेपछि महिलाहरुले सिपबिकास गरेर स्वरोजगार बन्न सकेको बताएका छन् । गढवा गाउँपालिका महिला तथा वालवालीका शाखाको २ लाख र वडानं.६ को एकलाखको लागतमा १५ दिने हातेब्याग बनाउने तालिमको आयोजना गरिएको वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले बताउनुभयो । यसैबिच शुक्रवार एक कार्यक्रमका बिच उक्त सिपमुलक तालिमको समापन गरिएको छ ।
हातेबयाग बनाउने तालिम उपभोक्ता समितिका अध्यक्ष शोभाकुमारी शाहीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । कार्यक्रममा उपाध्यक्ष शान्ती चौधरीले महिलाहरुको सिप बिकास गरी रोजगारी प्रबर्धन गर्न ब्याग बनाउने तालिम संचालन गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले बिपन्न र सिमान्तकृत वर्गका महिलाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउन गाउँपालिका र वडाले हातेब्याग बनाउने सिप सिकाएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु मनिषा चौधरी,श्रीराम यादव,कौशिल्या बिश्वकर्मा र सहभागिको तर्फबाट गिता चौधरी लगायतले बोल्नु भएको थियो । चन्द्रकला पाण्डेयको स्वागत मन्तब्यबाट सुरु भएको समापन कार्यक्रमको संचालन श्रृजना घिमिरे रजौरेले गर्नुभएको थियो ।