
Gis
Bsbus
Gsbus
Ksbus
Gsbus
Gsbus
Ksbus
Ssbus
Gis
Ksbus
Pbu
Gsl
Gms
Gis
Gss
Ses
Ssbus
Nssbush
bpmhl
Ssbus

Sbs
nsb
Tsm
Ggd
Ksm
Rgu
Bbbpu
Ssm
Hal
Rgu
Asm
Gst
Rsb
Pvg
Vor
Sls
Wsp
Bbu
Rgs

Gsb
Jmb
Pls
Ptm
Rmb
Syp
Abd
Jmb
Mks
Rpp
sab
bbt
Bml
दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका खेल सकिएसँगै प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो ।
त्यस्तै शुक्रवार भएको लिगको अन्तिम खेलमा घोराही शान्तिनगरले बंगलाचुली गाउँपालिकालाई २५–१८ र २६–२४ को सोझो सेटमा हराएसँगै शान्तिनगर समूह ‘बी’को उपबिजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । त्यसअघिको खेलमा घोराही उपमहानगरपालिकाले बबई गाउँपालिकालाई २५–१८ र २५–१४ को सेटमा हराउँदै प्रतियोगितामा समूह ‘बी’को बिजेता बनेको हो । यसअघि समूह ‘ए’बाट तुलसीपुर उपमहानगरपालिका समूह बिजेता र राप्ती गाउँपालिका उपबिजेता बनेका थिए ।
यसैगरी समूह चरणका चार खेल मध्य चारै खेल जितेर घोराही समूह ‘बी’ बिजेता बनेको छ भने चार खेल मध्य तीन खेल जितेर शान्तिनगर उपबिजेता बन्न पुगेको छ । समूह ‘बी’ को बिजेता बनेको घोराही उपमहानगरपालिकाले र समूह ‘ए’ उपबिजेता राप्ती गाउँपालिकासँग खेल्ने छ भने समूह ‘बि’को उपबिजेता शान्तिनगरले समूह ‘ए’को बिजेता तुलसीपुर उपमहानगरपालिकाको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेल फागुन २१ गते शनिवार विहान ८ बजे समूह ‘ए’ को बिजेता तुलसीपुर उपमहानगरपालिका र समूह ‘बी’को उपबिजेता शान्तिनगर गाउँपालिकाबिच हुनेछ ।
त्यसैगरी दोश्रो सेमिफाइनल खेल फागुन २२ गते दिउँसो ४ बजे समूह ‘बी’को बिजेता र समूह ‘ए’को उपबिजेता राप्ती गाउँपालिकाबिच हुने खुमबहादुर खड्का स्मृति खेलकुद समितिले जनाएको छ । फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र उपबिजेता हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयासहित ट्रफि प्रमाणपत्र प्रदान गरिने भएको छ ।
