Sidha Patra शुक्रबार, फाल्गुण २०, २०७८

घोराही । दाङमा पहिलो पटक दाङ क्रिकेट लिग– २०७८ आयोजना गर्न लागिएको छ । क्रिकेट संघ दाङको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म पाँच वटा फ्रेन्चाईज क्लबमार्फत खेलाडी खरीद गरी प्रतियोगिता गर्न लागिएको आज घोराहीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

घोराही रंगशालामा आयोजना गर्न लागिएको जिल्लाकै पहिलो ठुलो स्तरको खेलाडी किन बेचमा आधारित प्रतियोगिताले जिल्लाका खेलाडीहरुलाई प्रतिस्पर्धात्मक वातावरणमा क्रिकेट खेल्न सक्ने र सीप निखार्न सहयोग गर्ने विश्वास लिइएको आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुुभयो ।

त्यसैगरी प्रतियोगिताले युवा क्रिकेटरहरूको खेलको गुणस्तर र उनीहरूका लागि सुविधासहित खेल प्रवद्र्धन गर्ने लक्ष्यसमेत राखेको उहाँको भनाई छ । जिल्लामा क्रिकेट खेलको वातावरण बनाउन र दाङ क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको पूर्व क्रिकेटर कैलाश रोकाले बताउनुु भयो । पाँच वटा टीमले हरेकले १४ जना खेलाडी खरीद गर्ने हुँदा प्रत्येक टीममा दाङका १६ वर्ष मुुनिका २ जना, १९ वर्ष मुुनिका २ जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने भएका छन् ।

यसैगरी,लुुम्बिनी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टीम रहने भएको छ । जसमा १३ जना अक्सन विधिबाट आउने छन् भने एक जना महत्वपूर्ण खेलाडीको रुपमा महंगो मुुल्यमा टीम आफैले स्वतन्त्र रुपमा भित्र्याउन पाउने छ । सो खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको र जिल्ला बाहिरको हुुनुुपर्ने प्रावधान राखिएको छ । हरेक टीमलाई कम्तिमा ४ हजार र अधिकतम १ लाख ४ हजार रुपैयाँ खेलाडी खरीदमा खर्च गर्न सक्ने सीमा तोकिएको जिल्ला क्रिकेट संघका सल्लाहकार किशोरचन्द्र गौतमले बताउनुु भयो । उमेर समुह मार्फत खेलाडी किनबेचको लागि एक खेलाडी बराबर कम्तिमा ४ हजार मुुल्य तोकिएको छ ।

त्यस्तै जिल्लाको पहिचान झल्कने गरी टीमको नाम राखिएको र टीमको बारेमा थप जानकारी चाँडै प्रकाशित गर्ने तयारी भएको आयोजकले जनाएको छ । करीव २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख,उपविजेताले १ लाख तथा विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]