
Ggp
Lnp
Asbus
Ksbus
Ksbus
Msbus
Rgp
Sdc
Ggp

प्युठान। प्युठानमा आवास्यक आईसोलेशन सेन्टर नहुँदा समस्या भएको छ।कोरोना संक्रमितको उपचारका लागि ब्यबस्थित आईसोलेशन नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको हो । जिल्ला बिपद ब्याबस्थापन समिति प्युठानले ३ हप्ता अघि गरेको निर्णय अनुसार बिजुवार स्थित फोर्टिनाईन टेक्निकल कलेजमा ८ बेडको आईसोलेशन तयार गरिए पनि संचालनमा आउन सकेको छैन।
जिल्ला अस्पताल प्युठानले आईसोलेशनमा आवास्यक चिकित्सक एवं स्वास्थ्यकर्मी उपलब्ध गराउन नसक्दा आईलेशन संचालनमा ढिलाई भएको एक बिश्वस्त श्रोतले बताएको हो।
तर,प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण पन्थले भने आवास्यक सामाग्रीको अभावका कारण आईसोलेशन संचालनमा ढिलाई भएको बताए।’ आवास्यक सामाग्री ब्याबस्थापन गर्दै छौँ’ उनले भने’ त्यस्पछी मात्र आईसोलेशन संचालन गर्ने भनेका छौँ।’
आईसोलेशनमा चाहिने सामाग्रीको परिपुर्तीका लागि जिल्लाका स्थानिय तहहरुलाई आग्रह गरिएको उनले बताए।
त्यसो त, जिल्लाका नौ वटा स्थानियतह मध्येधेरै जसोले आईसोलेशन समेत बनाएका छैन्न। स्वर्गद्धारी नगरपालिकामा २६ र माण्डवि गाउपालिकाले १० बेडको आईसोलेशन तयार गरेका छन।ती आईसोलेशनमा पनि आवास्यक सामाग्री अभाव छ।
आइसोलेसन सेन्टर ब्यवस्थीत नहुँदा कोरोना संक्रमितलाइ राख्न सकस परेको हो । अहिले सम्म जिल्लामा १२ जना संक्रमित छन। त्यसमध्ये २ जनालाई दाङको क्वारेन्टाइनमा कोरोना पुस्टि भएको हो । जिल्लाबाट स्वाव संकलन गरी पठाएका अझै ३ सय ६७ जनाको पिसीआर रिपोर्ट आउन बाकी रहँदा अहिले भेटीएका संक्रमितलाइ ब्यवस्थित गरी राख्न हम्मे हम्मे परेको छ ।
पिसीआर रिपोर्ट पोजिटीभ दर्जनौ हुनसक्छन भन्नेगरि स्वास्थ्यकर्मीसहित जिल्ला विपद् व्यबस्थापन समितिको तयारी कमजोर सावित भएको छ । दिनदिनै संक्रमित बढ्दै जाँदा जिल्लामा भयावह स्थिती आउन सक्ने देखिएको जिल्लाबासी बताउछन। जिल्लामा कोरोना बिरुद्ध जुध्न गरिएको पुर्वतयारी र ब्याबस्थापन फितलो रहेको प्युठानका नागरिक अगुवाहरुले टिप्पणी गर्न थालेका छन।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले पनि मुख्यमन्त्री कार्यालयबाट निर्देशन गरिए बमोजिम जिल्लामा तत्तकाल ५० बेडको आईसोलेशन संचालनमा ल्याउनुपर्ने आवास्यक्ता देखिएको बताउछन।
स्थानीयतहमा तयार रहेका क्वारेन्टाइनलाई पनि सुधार गर्दै आईसोलेशन सेन्टरका रुपमा बिकास गर्दै लैजानुपर्ने सुबेदिको भनाई छ।
