सलिम अन्सारी, सोमबार, जेठ २६, २०७७

प्यूठान। प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानवाट स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका ३८ जनामध्ये आज सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले बताए। उनका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन। प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना २ बर्षिय बालिका र अन्य १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका पुरुष छन। उनिहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।
यसअघि जिल्लाको सरुमारानीमा भेटिएका १ जना र प्युठान नगरपालिका भित्रका यी ८ जना संक्रमित गढवा गाउँपालिका दाङमा पोजेटिभ सङ्क्रमण पुस्ट्री भई कन्ट्र्याक ट्रेसिङमा परेका हुन।उनिहरुको अबस्था सामान्य छ। अहिले उनिहरु स्वास्थ्यकर्मिको निगरानिमा छन।यस अघि माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्यूठानमा कोरोना संक्रमितको संख्या जम्माजम्मी १२ पुगेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]