
Gis
Gis
Lsbus
Gms
Gsbus
Ksbus
Lsbus
Gsl
Nssbush
Gsbus
Ses
Gss
Pbu
bpmhl
Ssbus
Bsbus
Ksbus
Ksbus
Gsbus
Gis

Vor
Wsp
nsb
Ksm
Rsb
Ggd
Tsm
Bbu
Rgu
Sls
Ssm
Gst
Sbs
Pvg
Bbbpu
Rgs
Asm
Hal
Rgu

bbt
Rpp
sab
Pls
Mks
Jmb
Jmb
Bml
Rmb
Ptm
Abd
Gsb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा महाशिवरात्रीको अबसरमा फुटबल खेलसंगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित खेलकुद कार्यक्रम अन्तरगतको ४० हजारको आर्थिक सहयोग तथा शिवरात्री मेला व्यवस्थापन समितिको आयोजनामा संचालन भएको खेलकुद कार्यक्रमको उद्घाटन वडा अध्यक्ष बिष्ण बहादुर बुढाले गर्नु भएको हो ।
उक्त खेलकुद कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बुढाले खेलकुदको माध्यमद्वारा खेलाडीले आफ्नो गाउँ,वडा र पालिका,क्षेत्र,जिल्ला हुँदै देश चिनाउने प्रमुख भुमिका रहने बताउनु भयो । त्यस्तै अध्यक्ष बुढाले खेलकुदले मानिसको जीवनलाई स्वस्थ र तन्दुरुस्त बनाउनमा अत्यन्तै मद्दत गर्ने भएको हुँदा खेलकुदलाई संरक्षण एवं जगेर्ना गर्न आवश्यक रहेकोे बताउनु भयो ।
मंगलबार भएको फुटबल खेलमा आयोजक टिम गुरुङ खोला युवा क्लब प्रथम भएको छ भने गढवा गाउँपालिका वडा नम्बर ६ खबरी खोला युवा क्लब दोस्रो भएको हो ।
खेलकुद कार्यक्रममा पहिलो बिजेतालाई नगद ८ हजार,सिल र मेडल,प्रमाणपत्र प्रदान गरिएको थियो भने उपबिजेतालाई नगद ५ हजार सिल,मेडल एवं प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै खेलमा प्रथम बिजेता र उपबिजेतालाई अबिर टीका लगाएर वडा अध्यक्ष बुढाले भव्य सम्मान गर्नु भएको थियो ।
मेला व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्काको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य केशमाला सुनार, प्रहरी चौकी बेलाका प्रहरी इन्चार्ज कमल बन्जाडे, सिधा-पत्र अनलाइन टिभीका संचालक मेगमन बुढा,गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलसीराम बुढा मगर लगायतका वक्ताले बोल्नु भएको थियो ।
क्लबका सचिव प्रेमबहादुर बुढा मगरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विभिन्न क्लबले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन ग्यालेक्सी फोर के टेलिभिजन दाङ जिल्लाका सम्बादाता प्रमुख शिवराज खनालले गर्नु भएको थियो ।

