Sidha Patra बुधबार, फाल्गुण १८, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा महाशिवरात्रीको अबसरमा फुटबल खेलसंगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित खेलकुद कार्यक्रम अन्तरगतको ४० हजारको आर्थिक सहयोग तथा शिवरात्री मेला व्यवस्थापन समितिको आयोजनामा संचालन भएको खेलकुद कार्यक्रमको उद्घाटन वडा अध्यक्ष बिष्ण बहादुर बुढाले गर्नु भएको हो ।

उक्त खेलकुद कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बुढाले खेलकुदको माध्यमद्वारा खेलाडीले आफ्नो गाउँ,वडा र पालिका,क्षेत्र,जिल्ला हुँदै देश चिनाउने प्रमुख भुमिका रहने बताउनु भयो । त्यस्तै अध्यक्ष बुढाले खेलकुदले मानिसको जीवनलाई स्वस्थ र तन्दुरुस्त बनाउनमा अत्यन्तै मद्दत गर्ने भएको हुँदा खेलकुदलाई संरक्षण एवं जगेर्ना गर्न आवश्यक रहेकोे बताउनु भयो ।

मंगलबार भएको फुटबल खेलमा आयोजक टिम गुरुङ खोला युवा क्लब प्रथम भएको छ भने गढवा गाउँपालिका वडा नम्बर ६ खबरी खोला युवा क्लब दोस्रो भएको हो । खेलकुद कार्यक्रममा पहिलो बिजेतालाई नगद ८ हजार,सिल र मेडल,प्रमाणपत्र प्रदान गरिएको थियो भने उपबिजेतालाई नगद ५ हजार सिल,मेडल एवं प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै खेलमा प्रथम बिजेता र उपबिजेतालाई अबिर टीका लगाएर वडा अध्यक्ष बुढाले भव्य सम्मान गर्नु भएको थियो ।

मेला व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खड्काको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य केशमाला सुनार, प्रहरी चौकी बेलाका प्रहरी इन्चार्ज कमल बन्जाडे, सिधा-पत्र अनलाइन टिभीका संचालक मेगमन बुढा,गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलसीराम बुढा मगर लगायतका वक्ताले बोल्नु भएको थियो । क्लबका सचिव प्रेमबहादुर बुढा मगरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विभिन्न क्लबले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन ग्यालेक्सी फोर के टेलिभिजन दाङ जिल्लाका सम्बादाता प्रमुख शिवराज खनालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]