Sidha Patra बुधबार, जेठ २१, २०७७

बुटवल। अन्तरजातीय प्रेम कथामा आधारित भिडियो सार्बजनिक भएको छ । रुपन्देहीको देवदहका युवाहरुले सो भिडियो तयार गरेका हुन।
नेपाली समाजमा कथित माथिल्लो र तल्लो जातको युवा युवती बिचको प्रेम सम्बन्ध र त्यसपछि विवाहसम्मको यात्रालाई उक्त भिडियोमा देखाईएको छ । समाजले अन्तर्जातिय प्रेमलाई हेर्ने नजर र उनिहरुले भोग्नुपरेका अपमान र दुर्ब्यवहारलाई सो भिडियोमा झल्काउन खोजिएको छ। दलित र गैरदलितवीचको प्रेम सम्वन्ध देखाइको उक्त भिडियो अन्तरजातीय प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा अन्तरजातीय प्रेम गर्ने जोडीले अहिले पनि विभिन्न प्रताडना व्यहोर्नु परेको छ । यस्ता जोडीहरु कुटिने, गाउँ निकाला गरिने र मारिने सम्मका हर्कत अझै कायमै छ । यहि अमानवीय सामाजिक वेथितिविरुद्ध चलचीत्रले बहस छेडेको छ । भिडियोमा सुरज बश्याल, बिपना शर्मा, रोशन अधिकारी,युनिश अधिकारी,प्रकाश भण्डारि,सन्दिप अधिकारी र राहुल साप्कोटाले अभिनय गरेेेका छन । सुरज बश्यालको कथा रहेको उक्त भिडियोलाई निरज फोटोग्राफिका निरज ढकालले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन । ‘अन्तरजातीय बिहे र त्यसको जटिलतामाथि चलचित्रले दर्शकहरु बताउँछन।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]