
Pbu
Ssbus
ssbus
Sssbus1
Gsl
Ssbus
Ssbus
Sssbus1
tssbus
nsm

Bbu
Tsm
Pvg
Asm
nsb
Rsb
Wsp
Ggd
Rgu
Ksm
Ssm
Bbbpu
Sls
Hal
Rgs
Vor
Gst
Sbs
Rgu

Abd
Ptm
Pls
bbt
sab
Gsb
Mks
Rpp
Rmb
Jmb
Jmb
Syp
Bml
कपिलवस्तु। पंगास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहँुदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो ।
पहिलो पटकमा पाँच÷छ लाख भुरा उत्पादन भएको सो ह्याचरीका सञ्चालक फरहान अकबाल खाँनले जानकारी दिनुभयो । माछा उत्पादक ह्याचरी व्यवसायीले धैरेपटक प्रयास गर्दासमेत सफलता हासिल गर्न नसकेपछि बङ्गलादेशबाट चिकित्सक झिकाइ उत्पादन गरिएको उहाँ बताउनुभयो ।
भारत र बङ्गलादेशबाट ल्याइने एक किलो माछाको भुरामा एक हजार ३०० हुन्छ भने नेपालमै उत्पादन गरेको भुरा एक किलोमा ८०० हुन्छ । बङ्गलादेशका माछा चिकित्सक सपनले छ महिनाको मेहेनतले ह्याचरीमा भुरा उत्पादन भएको जानकारी दिनुभयो । नेपालमा सिलभर, विगहट, कामन, ग्रास, रोहुु, नैनी जातको भुरा उत्पादन हुँुदै आए पनि सो जातको माछाका भुरा पहिलोपटक छ लाख तयार हुने चिकित्सक सपनले बताउनुभयो । बजारको मागअनुसार अरु भुरा उत्पादन गरिने उहाँले जानकारी दिनुभयो ।अत्यधिक खपत हुने माछाका भुरा यहाँ उत्पादन नहुँदा वार्षिकरूपमा नेपालबाट करिब पाँच करोडको भुरा भारत र बङ्गलादेशबाट आयात हुँदै आएको थियो । खानामा स्वादिलो, कडा नहुने, कम समयमा उत्पादन हुने, जाडोमा समेत उत्पादन गर्न सकिने र करिब सात महिनामा एक किलोको हुने भएकाले सो जातका माछाको माग बढेको बताइएको छ ।
पङ्गास माछा
यो जातको माछाको शरीर लामो, कत्लाविहीन हुन्छ । टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन् । आँखा केही ठूलो, ओठमा दुई जोडी जुङ्गा, पखेटा केही खैरा हुन्छन् । ल्याटरल लाइनसँगै माछा सानो छँदा कालो धर्सा र ठूलो भएपछि सेता लामा धर्सा देखिन्छन् । पङ्गास माछाको प्रमुख आहारा भनेको प्लेटदाना हो ।
यसलाई शारीरिक तौलको आधारमा दुई–तीन किलोका दरले दैनिकरूपमा दाना दिनुपर्छ । पङ्गासियसका माछाको पालन प्रविधि एक जातीय माछापालन मनोकल्चरको रूपमा गरिन्छ । प्रोटिन भएको प्लेटदाना र अन्य व्यवस्थापन राम्रो मिलाउन सक्दा करिब सात महिनाको अवधिमा बिक्रीयोग्य साइज एकदेखि सवा किलोको माछा बनाउन सकिने बताइएको छ ।
