
Nssbush
Gms
Bsbus
Lsbus
Ssbus
Gsbus
Rsbus
Gis
Gss
bpmhl
Gsbus
Gis
Lsbus
Ksbus
Ses
Pbu
ebg
Ksbus
Ssbus
Ksbus

Gst
Ssm
Rgu
Rgs
Wsp
Bbbpu
Asm
Tsm
Ksm
Hal
Ggd
Pvg
Sls
Bbu
Rsb
Vor
nsb
Sbs
Rgu

Gsb
Jmb
Syp
Rpp
Ptm
sab
Jmb
bbt
Rmb
Abd
Mks
Pls
Bml
दाङ । साँझ पखको समय । टेबुलमा केक,मुमबत्ती,मिठाई र फलफूलहरुका साथ बिभिन्न परिकारहरु सजिसजाऊ देखिन्थे । साथमा एउटा बिमा संस्थानको फाईल । घरको कोठमभरी नजिकका इष्टमिात्र,आफन्त र बिमा संस्थानका कर्मचारीहरुको बाक्लो उपस्थिति । सन्दर्भ हो गढवाका गोकुल आचार्य परिवारको जन्मदिन मनाउने फरक शैलीको सोंच कार्यान्वयनको । जन्मदिन,बैवाहीक बर्षगाँठ,पास्नी,बिवाह जस्ता अवसर जुराएर बिमाको महत्व बुझेका परिवारहरु आजकल रचनात्मक काम गर्न थालेको पाइन्छ ।
यस्तै कामको उदाहरणका पात्र बन्नुभएको छ गढवा ६ का गोकुल र सरस्वता आचार्यको परिवार । गढवा–६ बालापुर निवासी आचार्य परिवारले आइतवार आफ्नो छोरा शिसिर आचार्यको जन्म दिन मनाउन नयाँ खालको फरक शैली अपनाउनु भएको छ । छोराको जन्मदिनको अवसर पारेर बिमा संस्थानका कर्मचारी र आफन्तहरु बोलाएर छोराको नाममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसंग समन्वय गरि ७ लाखको जिवन बिमाको फाईल तयार गरि जन्मदिनको उपहार दिनु भएको छ ।
आचार्य परिवारले आफ्नो जिवनमा बिगतदेखि भोग्दै आएका आर्थिक संकटहरुलाई मध्यनजर गर्दै बिमाको महत्व बुझेर यसो गरेको गोकुल आचार्यले बताउनुभयो । जिवन बिमा भनेको संकटको साथी हो । आफुलाई आर्थिक संकट आइलाग्दा जिवन बिमा भएको मानिस अरुको हात थाप्न जानु नपर्ने भएकोले जन्मदिनमा छोराको नाममा बिमा पोलीसी बनाएर हस्तान्तरण गरेको शिसीर आचार्यको आमा सरस्वता आचार्यले बताउनुभयो ।
दुखि बिरामी पर्दा वा जिवनमा आइलाग्ने आर्थिक मामलाका अप्ठेरा परिस्थितीमा जिवन बिमा निकै उपयोगि ठानेर फरक शैलीमा छोराको जन्मदिन मनाउने इच्छा गरेका हौं–गढवा ६ वालापुर निवासी गोकुल आचार्यले भन्नुभयो । जिवनका लक्ष्य प्राप्तिका लागि छोराछोरीहरुलाई आर्थिक संकट नआओस भनेर यस्तो कामको सुरुवात गरेको उहाँले बताउनुभयो ।
आचार्य परिवारले बिगत २५ बर्ष अगाडी देखि किराना पसल संचालन गर्दै आउनु भएको छ । सामाजिक क्षेत्रमा निकै प्रभावीत रहने आचार्य परिवारले चालेको यो कदम सायद गढवा क्षेत्रमा नौलो अभ्यास भएको ज्याति लाइफ इन्स्योरेन्स कम्पनी लमहीका एजेन्सी म्यानेजर मुना बिसी आचार्यले बताउनुभयो । जिवन बिमा दुखको साथी हो । खाइ नखाई पैसा जम्मा गर्ने बाध्यताको उपज संकटको साहारा बन्छ–कम्पनीका म्यानेजर बिनोद चौधरीले भन्नुभयो । यो अभ्यासले धेरैका लागि सामाजिक सन्देश दिन सफल भएको बुद्धबचत सहकारी संस्थाका ब्यवस्थापक कमल आचार्यले बताउनुभयो ।
