शिबराज पन्थी/गढवा सोमबार, फाल्गुण ०९, २०७८

दाङ । साँझ पखको समय । टेबुलमा केक,मुमबत्ती,मिठाई र फलफूलहरुका साथ बिभिन्न परिकारहरु सजिसजाऊ देखिन्थे । साथमा एउटा बिमा संस्थानको फाईल । घरको कोठमभरी नजिकका इष्टमिात्र,आफन्त र बिमा संस्थानका कर्मचारीहरुको बाक्लो उपस्थिति । सन्दर्भ हो गढवाका गोकुल आचार्य परिवारको जन्मदिन मनाउने फरक शैलीको सोंच कार्यान्वयनको । जन्मदिन,बैवाहीक बर्षगाँठ,पास्नी,बिवाह जस्ता अवसर जुराएर बिमाको महत्व बुझेका परिवारहरु आजकल रचनात्मक काम गर्न थालेको पाइन्छ ।

यस्तै कामको उदाहरणका पात्र बन्नुभएको छ गढवा ६ का गोकुल र सरस्वता आचार्यको परिवार । गढवा–६ बालापुर निवासी आचार्य परिवारले आइतवार आफ्नो छोरा शिसिर आचार्यको जन्म दिन मनाउन नयाँ खालको फरक शैली अपनाउनु भएको छ । छोराको जन्मदिनको अवसर पारेर बिमा संस्थानका कर्मचारी र आफन्तहरु बोलाएर छोराको नाममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसंग समन्वय गरि ७ लाखको जिवन बिमाको फाईल तयार गरि जन्मदिनको उपहार दिनु भएको छ ।

आचार्य परिवारले आफ्नो जिवनमा बिगतदेखि भोग्दै आएका आर्थिक संकटहरुलाई मध्यनजर गर्दै बिमाको महत्व बुझेर यसो गरेको गोकुल आचार्यले बताउनुभयो । जिवन बिमा भनेको संकटको साथी हो । आफुलाई आर्थिक संकट आइलाग्दा जिवन बिमा भएको मानिस अरुको हात थाप्न जानु नपर्ने भएकोले जन्मदिनमा छोराको नाममा बिमा पोलीसी बनाएर हस्तान्तरण गरेको शिसीर आचार्यको आमा सरस्वता आचार्यले बताउनुभयो ।

दुखि बिरामी पर्दा वा जिवनमा आइलाग्ने आर्थिक मामलाका अप्ठेरा परिस्थितीमा जिवन बिमा निकै उपयोगि ठानेर फरक शैलीमा छोराको जन्मदिन मनाउने इच्छा गरेका हौं–गढवा ६ वालापुर निवासी गोकुल आचार्यले भन्नुभयो । जिवनका लक्ष्य प्राप्तिका लागि छोराछोरीहरुलाई आर्थिक संकट नआओस भनेर यस्तो कामको सुरुवात गरेको उहाँले बताउनुभयो ।

आचार्य परिवारले बिगत २५ बर्ष अगाडी देखि किराना पसल संचालन गर्दै आउनु भएको छ । सामाजिक क्षेत्रमा निकै प्रभावीत रहने आचार्य परिवारले चालेको यो कदम सायद गढवा क्षेत्रमा नौलो अभ्यास भएको ज्याति लाइफ इन्स्योरेन्स कम्पनी लमहीका एजेन्सी म्यानेजर मुना बिसी आचार्यले बताउनुभयो । जिवन बिमा दुखको साथी हो । खाइ नखाई पैसा जम्मा गर्ने बाध्यताको उपज संकटको साहारा बन्छ–कम्पनीका म्यानेजर बिनोद चौधरीले भन्नुभयो । यो अभ्यासले धेरैका लागि सामाजिक सन्देश दिन सफल भएको बुद्धबचत सहकारी संस्थाका ब्यवस्थापक कमल आचार्यले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]