
Jns
Rgp
Lks
Usb
Ggp
lnp
Sgp
Rgp
ksb
Dbs
Dus
Ggp
Lnp
Rgp
Asb
Rgp


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु (प्रेसर कुकर) नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार राती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सडक किनारमा शंकास्पद वस्तु राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठ घटनास्थल पुगेका थिए । ‘रातिमा डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरी हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयो’ प्रहरी निरीक्षक श्रेष्ठले भने । प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त शंकास्पद बस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलिका मेजर सन्तोष खत्रीको कमान्डमा घटनास्थल पुगेको टोलिले आईतबार बिहान करिब साढे ११ बजे उक्त वस्तु डिस्पोज गरेको हो ।
मेजर खत्रीका अनुसार घटनास्थलका बारेमा राम्रोसँग बुझेर डिस्पोज गर्न लागेको कारण समय लागेको हो । अन्य स्थानमा पनि राखेको हुन सक्छ भनेर घटनास्थललाई राम्रोसँग अध्ययन गरेर डिस्पोज गर्नु पर्छ, मेजर खत्रीले भने । चेकजाँच पछि मात्र त्यो बस्तु बम हो या अन्य कुनै बस्तु हो भनेर भन्न सकिने मेजर खत्रीले बताए ।
