
Lnp
Rgp
Asb
Dus
Sgp
Rgp
ksb
Ggp
Usb
Pbu
Rgp
lnp
Ggp
Lks
Dbs
Rgp
Jns


सल्यान । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले सल्यानको कालिमाटि बाट रात्रि बस सन्चालनमा ल्याएको छ । कालिमाटि गाउपालिका क्षेत्र र पश्चिम दाङबासिको आबस्यकतालाई मध्यनजरगर्दै सल्यानको कालिमाटिबाट सिधा काठमाडौं बस सन्चालन गरेको छ ।
प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवम कालिमाटि गाउपालिकाका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खत्री र अध्यक्ष हमालले सयुक्त रुपमा रिवन काटेर सेवा शुभारम्भ गर्नु भएको थियो ।
सो अबसरमा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले देशका सबैजसो शहरहरुमा अफुहरुले दशकौ देखि निरन्तर यातायात सन्चालन गरिरहेको बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रलाई शहर सङ्ग जोडन कालिमाटि बाट काठमाडौं डिलक्स रात्रि बस सन्चालन गरेको जानकारी दिनुभयो । नया रुटमा यातायात सन्चालन गर्दा सबैको सहयोग आबश्यक रहेको समेत उहाले बताउनु भयो ।
कार्यक्रममा गाउपालिकाकि उपाध्यक्ष सहन सिलता खत्री ,वडा नम्बर ३ का वडा अध्यक्ष बिरबहादुर वलि,बबई गाउपालिका वडा नम्बर २ का अध्यक्ष चिन्तामणि शर्मा,नेपाली काग्रेसका पालिका सभापति टोपबहादुर केसि,नेकपा एमालेका अध्यक्ष केशर सिह बुढा,नेकपा माओबादि केन्द्रका सचिव सालिकराम भट्टराई,नेकपा एमाले समाजबादिका अध्यक्ष गेहेन्द्र केसि,नेपाल स्वतन्त्र मजदुर सङ्गठन दाङका अध्यक्ष केशब भण्डारि, ब्यबसायिहरु उमेशचन्द्र मजगैया,प्रकाश भट्ट,लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार शरद रेग्मीले गर्नु भएको थियो । कालिमाटिबाट काठमाडौं दिउसो ३ बजे र काठमाडौं –कालिमाटि साझ ५ः३० बजे बस छुटने तालिका मिलाईएको छ भने भाडादर पन्ध्रसय कायम गरिएको छ ।
