दाङ । तुलसीपुरमा भएको घटना प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरेर दुख व्यक्त गरेको हो ।
शुक्रवार विहान करिव १ बजे तुलसीपुर उपमहानगरपालिका वाड नं – ५ ङ लाइनमा रहेको इरम फुट वेयरमा आगलागी हुँदा सञ्चालक नजरुदिन अलि सहित ५ जनाको मृत्यु तथा व्यवसायीको व्यवसायमा पुगेको क्षति प्रति दाङ्ग जिल्ला उद्योग वाणिज्य संघ मर्माहत भएको संघका अध्यक्ष टंकसिह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुःखको यस घडीमा संघ परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने प्रेरणा मिलोस भनि कामना समेत गरिएको छ ।