
Rgp1
Srbpu
Gfs
Unsku
Djs
Ggp
Pbu
Pes
sbs
Rgp
cjs
Sgr
Lnp
pku

Ggd
Tsm
Bbbpu
Rgu
Ksm
Hal
Rgu
Vor
Rgs
Ssm
Bbu
Sbs
Rsb
nsb
Pvg
Sls
Wsp
Asm
Gst

Gsb
Ptm
bbt
Rpp
Pls
Bml
Jmb
Syp
Abd
sab
Mks
Jmb
Rmb
काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। योसँगै संक्रमितको संख्या ४०२ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।प्रवक्ता देवकोटाका अनुसार थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।
संक्रमित मध्ये ३४० जना पुरुष र ६२ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ ।
हालसम्म संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने, ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।अहिलेसम्म ३६ जिल्लाका स्थानियलाई कोरोना देखिएको छ।
