
Ksbus
Msbus
Asbus
Lnp
Ggp
Sdc
Rgp
Ggp
Ksbus

काठमाडौ । चर्चित गायक तथा संगीतकार हेमन्त आचार्यकाे ‘परदेशीकाे बेदना’ गीत सार्वजनिक भएको छ। गायक आचार्यकै शब्द सिर्जना तथा सर्जक श्रीकृष्ण क्षेत्रीको लय रहेको गीतमा कोरोना भाइरसको महामारीका कारण परदेशमा अलपत्र रहेका नेपालीको पिडा समेटिएको छ।
बिश्व तहसनहस र आतंकित बनाएको कोरोना भाइरसलाई ख्याल ख्यालको रूपमा नलिन र आफू र आफ्नो परिवारका लागि भएपनि सजगता अपनाउन परदेशीले नेपालमा रहेका आफन्तजनलाई अनुरोधयुक्त भाव गीतमा पाईन्छ ।
निर्देशक होम धितालको निर्देशन तथा
मुक्ति न्यौपानेको छायांकन रहेको गीतमा गायक तथा सर्जक हेमन्त आचार्य ,पार्वती आचार्य ,पवित्रा आचार्य लगायत कलाकारको अभिनय रहेको छ।
चर्चित भिडियो सम्पादक रोशन धितालको सम्पादन रहेको यस गीतको अडियोभिडियो धिताल्स फिल्मको अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको छ।
गीत हेर्न तलको लिन्कमा थिच्नुहोस:-
