दाङ । देउखुरीको लमही नगरपालिकाद्वारा लमही नपा भित्रका ९ वटै वडाहरुमा पुगेर अति बिपन्न परिवारहरु लाई कुल ९० थान न्यानाे कपडा बितरण कार्य मंगलबार संम्पन्न गरेको छ ।
सोमबार हिजाे र आज दुई दिनकाे अबधिमा उक्त समान बितरण गरेको बिपद शाखाले जनाएको छ । ६० बर्ष माथिका र राज्यबाट कुनै पनि सुबिधा अहिलेसम्म नलिएकालाई उक्त समान दिएको हाे ।लमही नपाकाे आन्तरिक स्रोतबाट उक्त न्यानाेकपडा बितरण गरिएको हो । लमही नपाका मेयर कुल बहादुर केसी,उपमेयर देबका बेल्बासेकाे विशेष उपस्थितिमा नपाको १,२,३,४,५ र ६,७,८,९ वडाका १०/१० जनाका लागि १,१ थान ब्लाङकेट बितरण गरिएको छ । न्यानाे कपडा पाएपछि उनिहरु निकै हर्षित भएका छन् । वडा नम्बर १ देखि सुरु भएको न्यानाे कपडा बितरण कार्यक्रम मंगलबार वडा नम्बर ९ मा पुगेर समापन गरिएको थियाे ।
त्यस्तै कार्यक्रममा सम्बन्धित वडा अध्यक्ष तथा टाेल सुधार समितिका पदाधिकारीहरु र अन्य जनप्रतिनिधिहरुकाे राेहवरमा उक्त न्यानाे कपडा बितरण गरिएको थियाे । कार्यक्रमको सचालन लमही नपा बिपद व्यवस्थापन शाखाकि प्रमुख गायत्री थापाले गर्नु भएको थियाे ।