दाङ । निर्माण कार्य पटक पटक अलपत्र हुदैराही तुलसीपुर फोरलेन सडक कामको फेरी रोकिएको छ । गएको मंसिर ११ गते घोराहीमा सडक कार्य सुुभारम्भ भनि तामझामका साथ काम गर्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीले फेरी काम अलपत्र पारेको छ ।
तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले पेटी ठेकेदारलाई हटाई आफैले एक बर्ष भित्र सडक निर्माण सक्ने प्रतिबद्धता जनाएका थिए । तर अहिले काम शुन्य अबस्थामा रहेको छ । तथ्य इन्जिनियरिङले तीन वटा पेटी ठेकेदारलाई काम दिएको थियो तर उनिहरुले पनि अहिले कामलाई अलपत्र पारेका छन् ।
यसैबिच भालुुबाङ बाग्दुला भिमगिठे चन्द्रौटा लमही घोराही तुलसीपुर सडक आयोजनाले निर्माणको जिम्मा लिएको व्यवसायीबाट अब काम नहुने निष्कर्ष निकालेको छ । आयोजना प्रमुख अर्जुुन बमले विभागमा समेत पत्र पठाई उनिहरुको बिकल्प खोज्ने र पेस्की सहितको रकम फिर्ता लिने तयारी गरेको बताउनुुभयो ।
तथ्य इन्जिनियरिङले कामको जिम्मेवारी दिएका व्यवसायी अनुुप पाण्डे बिरुद्ध १६ जनाले ठगिएको भन्दै जिल्ला प्रशासनमा निबेदन दिएका छन् । निर्माण सामाग्रि लिएको, गाडी भाडामा लगाएको, मजदुरले काम गरेको, खाना खाएको, तरकारी किनेको पैसा नदिई आफुहरुलाई पाण्डेले ठगेको भन्दै प्रशासनमा निबेदन दिएका हुन् ।
अहिले सम्म जिल्ला प्रशासनमा ४ करोड ४५ लाख ४३ हजार रुपैयाँ पाउनुु पर्ने भन्दै निबेदन दिएको र उक्त पत्र आयोजना कार्यालयमा पठाईएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुुभएको छ ।