
Asb
Dus
Ggp
Lnp
Rgp
Pbu
lnp
Ggp
Rgp
Jns
Lks
Dbs
Usb
Rgp
Sgp
ksb
Rgp


दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १७ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन कार्यक्रममा पानीको स्रोत संरक्षणका लागि कार्यक्रम बनाउनु पर्नेमा जोड दिइएको छ । खानेपानी संस्थाका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले एक घर एक धाराको अभियान सार्थक हुन थालेको बताउनु भयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख भोलाप्रसाद थापाले ठूला आयोजनामा लागत बढी लाग्ने र पानी उपभोग महंगो पर्ने भन्दै साना आयोजना बनाएर धेरै उपभोक्तालाई सेवा पुर्याउन सकिने बताउनु भयो ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका भित्र ठूला,साना गरेर सञ्चालन भएका खानेपानी आयोजनाले धेरै क्षेत्र समेटिएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य पवन शर्मा रिजाल,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मधु न्यौपाने,नेकपा माओवादी केन्द्रका अम्बर कवर,राष्ट्रिय जनमोर्चाका हरिबहादुर थापा, एकीकृत समाजवादी पार्टीका जगनारायण चौधरी,देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल लगायतका वक्ताले बोल्नु भएको थियो ।
खानेपानी संस्थाले बार्षिक साधारणसभामा नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार राधेश्याम गुप्तालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट खानेपानी र सरसफाइको क्षेत्रमा कलम चलाएको भन्दै सम्मान गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएको समयमा स्वास्थ्य उपचारमा सहयोग गरेको भन्दै डाक्टर सत्यप्रसाद वैद्य, स्वास्थ्यकर्मी केशवप्रसाद भट्टराई, राधा चौधरी, बिष्णुमाया पौडेल, देवा नेपालीलाई सम्मान गरिएको छ । यस्तै गायक तथा मोडेल हाल खानेपानी संस्थाका लेखापाल सन्दिप न्यौपाने, सवारी चालक दिनेशकुमाललाई सम्मान गरिएको छ । त्यस्तै नेपालकै होचो महिला तथा उपभोक्ता ईश्वरी मायाँ छिनाललाई सम्मान गरिएको छ ।
खानेपानीका पूर्व अध्यक्षहरु विमबहादुर केसी, कर्णबहादुर बुढाथोकी, काँशिराम डाँगी, दामोदर शर्मा लगायतलाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको छ । सचिव सनमकुमार पौडेलले प्रगति र कोषाध्यक्ष जंगबहादुर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सनमकुमार पौडेलले गर्नु भएको थियो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने जिम्मा निर्वाचन मण्डललाई दिइएको छ ।

