दाङ । दाङ जिल्ला अन्तरगत भारतसँग जोडिएको सीमावर्ती क्षेत्र कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका वडा नम्बर ८ को वडा क्षेत्रको दुर्गा सामुदायिक वन उपभोक्ता समुहको वन भित्र पर्ने भालुखोला सीमावर्तीबाट एक नाल भरूवा बन्दुक बरामद गरिएको हो ।
कोइला बासमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बलले गस्तीले गर्नेक्रममा रूखको फेदमुनि लुकाइछिपाइ राखेको उक्त अवैध एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी जनाएको छ । बरामद गरिएको सो हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने शस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध हतियार सिमा प्रहरी चौकी कोइलाबासलाई बुझाइएको छ ।