
gst
Gmk
Pbu
Sds
Anm
Mbdvs
Rbs
mbd
Ksm
Gisld

Ssm
Pvg
Asm
Rgs
Rsb
Wsp
nsb
Gst
Vor
Tsm
Hal
Ksm
Rgu
Sls
Bbbpu
Rgu
Ggd
Bbu
Sbs

Jmb
Ptm
Abd
Pls
Syp
Rmb
sab
Gsb
bbt
Rpp
Jmb
Mks
Bml
पोखरा । कोरोना भाईरस (कोभिड १९ )को संक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित भएको छ ।जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर पारी म्यारथुन आयोजना हुँदै आएको थियो ।
आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले तेश्रो पटक आयोजना हुने क्रममा रहेकोे अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
बिज्ञप्तिमा भनिएको छ– कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७७ साल जेष्ठ १८ देखि २१ गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गरिन लागिएको बहुप्रतिक्षित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएका थियौं । अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्व्निर्धा्रित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिदैं जाने छौं । यस कार्यक्रमका लागि विभिन्न सरकारी र गै¥हसरकारी संघसंस्थाबाट विनियोजन हुँदै आएको रकम आगामी वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग सविनय अनुरोध गर्दछौं ।
वि.स. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्धामा अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको बन्दाबदीका कारण यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । तसर्थ धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थान हुने गरी विशेष प्याकेज कार्यक्रम सञ्चालनका निम्ति स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध पनि गर्दछौं ।
यसैगरी समितद्वारा लकडाउनलाई पूर्ण समर्थन र सहयोग गर्दै लकडाउनको पुर्ण पालना गर्न पनि सबैमा अनुरोध गरिएको छ ।
