दाङ । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको तीन दिने विविध विधामा आधारित पत्रकारीता तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकारिता पेसालाई इमान्दारी रुपमा अगाडि बढाउन खोज पत्रकारीता गर्नुपर्ने बताउनुु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुु भएका जिएमले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिको रहेको बताउनुु भयो ।
घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा गरिएको क्षमता अभिबृद्धि तालिममा डिजिटल अनलाईन मिडिया,रेडियो, टिभि,छापा लगाएतमा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको थियो ।