Sidha Patra आइतबार, जेठ ०४, २०७७

नेपालगन्ज । नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् ।

गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्युु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।

मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]