Sidha Patra बुधबार, माघ १२, २०७८

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । बुधबार आज बिहान ९ बजेदेखि ३ बजेसम्म सातै वटै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।

त्यस्तै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा,स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनु भयो ।

मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुनेछ । प्रदेश १ मा तीन,मधेश प्रदेशमा दुई,बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते नेकपा एमालेका आठ,नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यस्तै सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

जम्मा १४ मतदान केन्द्र

निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेश १ मा दुई वटा मतदानस्थल र अन्य ६ प्रदेशमा एक एक वटा मतदानस्थलभित्र दुई दुई वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको छ । त्यस्तै प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।

यसैगरी,प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन,बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह,गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा,लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ,कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदान स्थल तोकिएको छ । आयोगका अनुसार नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,नेपाल मजदुर किसान पार्टी,जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । मतदाता आज साँझसम्म मतदानस्थल र केन्द्र तोकिएका स्थानमा पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी निर्वाचनबाट सात महिला,तीन दलित,दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]