
Srbpu
Pbu
Gfs
Rgp1
sbs
Lnp
Ggp
Pes
Sgr
Rgp
Djs
Unsku
cjs
pku

Ksm
Tsm
Pvg
Wsp
Bbbpu
Hal
Rgs
Asm
nsb
Sbs
Rsb
Gst
Ssm
Rgu
Vor
Rgu
Bbu
Ggd
Sls

Pls
Ptm
Rpp
Jmb
Jmb
Abd
bbt
Rmb
Syp
Bml
sab
Mks
Gsb
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् । २५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो । सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ । महिलाको सम्पर्कमा आएका छजना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ ।
यता, आज फेरि २ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ । आज थपिएकाहरुमा धनुषा निवासी २० र ६५ वर्षीय पुरुष छन् । हालसम्म २ सय २६ पुरुष र ५४ जना महिलामा कोरोना संक्रमण देखिएको छ । ३६ जना उपचारपछि निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

