Sidha Patra शनिबार, जेठ ०३, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् । २५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो । सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ । महिलाको सम्पर्कमा आएका छजना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ ।

यता, आज फेरि २ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ । आज थपिएकाहरुमा धनुषा निवासी २० र ६५ वर्षीय पुरुष छन् । हालसम्म २ सय २६ पुरुष र ५४ जना महिलामा कोरोना संक्रमण देखिएको छ । ३६ जना उपचारपछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]