
Sgr
Ggp
cjs
Lnp
Djs
Rgp1
Rgp
Pbu
Unsku
Pes
pku
Gfs
Srbpu
Ses

Rgu
Gst
Vor
Ggd
Asm
Bbbpu
Rgu
Tsm
nsb
Bbu
Sbs
Ksm
Sls
Rsb
Rgs
Pvg
Wsp
Ssm
Hal

Bml
Mks
Jmb
Pls
bbt
Ptm
Rmb
Syp
Abd
Rpp
Jmb
sab
Gsb
काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधान न्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।
त्यस्तै मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।
यस्तै काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।
