दाङ । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दाङका ३, पर्साका ४, र उदयपुरका एकजना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संगै अहिले सम्म नेपालमा २६७ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको छ। दाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डां संगीता भण्डारीले बेलुकी ८ बजे टेलिफोन सम्पर्कमा पहिलो पटक दाङमा कोरोना पुष्टि भएको जानकारी दिइन । उनका अनुसार दाङको गढवा गाउँपालिका निवासी २३ र ३६ बर्षीय पुरुष छन भने अर्का तुलसिपुर ७ का एक ३४ बर्षीया पुरुषमा समेत कोरोना पुष्टि भएको हो । गढवाका ति दुई युवा केही दिन पहिले भारतवाट आएका थिए । उनीहरु लमहीको क्वारेन्टाईनमा बस्दै आएका छन् ।