Sidha Patra शनिबार, माघ ०१, २०७८

दाङ । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर– ९ दोघरेको परिसरमा निर्माण गरिएको योगा हलको उद्घाटन गरिएको छ ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेले आयोजना गरेको सातौ राष्ट्रिय योग दिवस तथा योग हल र सेवा विस्तार कार्यक्रमको उदघाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो ।

सो अवसरमा नगर प्रमुख पाण्डेले ऋषिमुनिका सन्तान शीशीमुनिबाट माथि उठ्नुपर्ने बताउँदै सर्वाङ्गीन विकासका लागि योग, ध्यान र भोजनमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘दुध, दही, हरियो साग खानुस भन्दै घर–घरमार जाँदा समेत मान्छेले किन्दैनन् । तर खान नहुने कुरा जाँड रक्सि लुकि–लुकि भट्टी पसलमा गएर किनेर खान्छन् । खानेकुरा किन्नुस भन्दै घरघर जाँदा पनि नकिन्ने र खाननहुने कुरा खोजीखोजी किनेर खाँदा यसले हाम्रो शरिर पनि बिग्रियो । बानी पनि बिग्रियो । घरमा अशान्ति र कलह पनि भयो ।’

त्यस्तै सर्वाङ्गीन विकासका लागि सकारात्मक सोच र विचारको आवश्यकता रहेको बताउँदै नगर प्रमुख पाण्डेले त्यसका लागि आहार, विहार र विचारमा परितर्वन ल्याउनुपर्ने बताउनुभयो । ‘कोक, फ्यान्टा भन्दा दुध, दही,मोही खोजौ । बनीनाउँ भन्दा आफ्नै भान्छामा पाकेकेको रोटी र ढिंडोलाई मिठो मानेर खाउँ । अल्छि नमानेर योग, ध्यान गरौं । जसले निरोगी बनाउँछ । मान्छे निरोगी र स्वस्थ भयो भने उसको सोंच र बिचार सकारात्मक हुन्छ । जसले सर्वाङ्गीन विकासका लागि सहयोग पु¥याउछ ।’ नगर प्रमुख पाण्डे भन्नु भयो ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद चिकित्सालय योग केन्द्र प्रमुख ओझ खड्का, योग प्रशिक्षक योगेन्द्र बहादुर शाह दिपक लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण डा. कैलाश न्यौपानेले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]