
Pes
Rgp1
Lnp
pku
Sgr
Pbu
Sds
Srbpu
Gis
Ggp
Unsku
Cps
Gfs
Djs
Rgp
cjs
Rmb
sbs
Rgp

Bbu
Ksm
Vor
Ssm
Sbs
Rgs
Pvg
Gst
nsb
Bbbpu
Tsm
Sls
Hal
Ggd
Wsp
Rsb
Asm
Rgu
Rgu

Bml
bbt
Gsb
Jmb
sab
Ptm
Jmb
Rmb
Pls
Rpp
Syp
Mks
Abd
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण कहिले समाप्त नहुन पनि सक्ने चेतावनी दिएको छ । विश्वब्यापी महामारीकारुपमा देखिएको कोरोनाका कारण झण्डै ३ लाख मानिसको ज्यान गइसकेको छ । विश्वका शक्तिशाली राष्टहरु कोरोनाका चरम चपेटामा आइसकेका छन् ।
विश्वभरका बैज्ञानिकहरु कोरोनाको खोप बनाउन जुटेका बेला विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण अत्यन नहुनु पनि सक्ने चेतावनी दिएको हो । डब्ल्यूएचओ आपतकालीन सवाल निर्देशक माइकल रायनले रुप बदलेर भएपनि कोरोना रहिरहने सम्भावना रहेको बताए । ‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने ।
कोरोनाबिरुद्धको खोप बनेपनि तत्काल अन्त्य नुहने विश्व स्वास्थ्य संगठनले बताएको छ । मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन केही समय लाग्ने र त्यो क्षमता बृद्धि नहुँदासम्म कोरोनाको त्रास विश्वभर रहिरने उनले बताए । संसारभर अहिले कम्तीमा एक सय वटा खोप विकास भइरहेका छन्। तरपनि भरपर्दाे खोपको विकास भएको छैन ।
