दाङ । घोराही उपमहानगरपालिका ७ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय घोराहीले विशेष सुरक्षा योजना अघि सारेको छ ।
त्यस्तै दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले बताए । पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दहमा माघे सन्क्रान्तीको अवसरमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका वडाहरुमा मोबाइल गस्ती समेत परिचालन गर्ने निरीक्षक सापकोटाले बताए । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा ९० जनाको प्रहरी टोलि समेत परिचालन गर्ने भएको छ ।
यस्तै घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गतेदेखि नै विशेष टोलि परिचालन गर्ने बताएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सापकोटाले बताए । साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन् ।
त्यसैगरी चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलापहरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत ट्राफिक प्रहरीको समन्वय गरेर कार्वाही गर्ने प्रहरी निरीक्षक सापकोटाले बताए ।