सिधा-पत्र/क्राईमबिट बुधबार, पुष २८, २०७८

बाँके । नेपालगन्जको जमुनाह नाकाबाट गएराती दुई जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छ्न ।

घोराही उपमहानगरपालिका-१३ दाङका ३६ बर्षका अरुण रोकामगर र तिलोतमा नगरपालिका-७ रुपन्देहीका २२ बर्षका सिद्धार्थ पाण्डेलाई पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर बिष्टले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज बिष्ट र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै १६ ग्राम ब्राउन सुगरसहित राती १० बजेतिर उनिहरु पक्राउ परेका बिष्टले जानकारी दिनुभयो । भारतबाट फर्कदै गरेका उनिहरुको नाकामा शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।उनिहरुलाई रातीनै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनिहरुमाथी थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

नेपालगन्ज लागु औषध कारोवारी र प्रयोगकर्ताहरुको लागि ट्रान्जीट प्वाइन्टकारुपमा परिचित रहेको छ । त्यही भएर प्रहरीले पनि निगरानी बढाएको छ । बिष्टले नाकामा कमान्ड सम्हालेपछी नाकामा ठूलो परिणामको लागू औंषधसहित कारोबारीहरु धमाधम पक्राउ पर्दै आएका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]