
Msbus
Ksbus
Rgp
Sdc
Asbus
Ksbus
Lnp
Ggp
Ggp

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्ला प्रवेश गर्ने सबै नाका पाच दिनका लागी सिल गरेको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले १ जेठदेखि ५ सम्म मध्यरातिसम्म नाका सिल गरिएको बताए । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन र परीक्षणलाई प्रभावकारी बनाउन भन्दै जिल्ला प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको प्रजीअ शर्माले जानकारी दिए ।
उनले एम्बुलेन्स, शव बहान, मृत्यु संस्कार, विद्युत्, सञ्चार, खानेपानी, औषधि र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताए ।
त्यस्तै सर्वसाधरण नागरिक बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दूधडेरी, तरकारी तथा फलफुल पसलहरुमा अनिवार्य हात धुने व्यावस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको जनाईएको छ। यस अघि गुल्मीमा दुई पटक निषेधाज्ञा जारी गरिसकिएको छ। निषेधाज्ञा जारी गरेपनि चहलपहल नरोकिएपछि थप सतर्कताका लागी जिल्ला नै सिल गरिएको गुल्मी प्रशासनको भनाई छ ।
